काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबिच हुनेछ । खेल लखनउको घरेलु मैदान अटल बिहारी बाजपेई स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपिएलमा आजको ४८ औं खेल हो । यो सिजनको आईपीएलमा आजको खेल दुबै टिमको १० औं खेल हो ।
लखनउले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । मुम्बईले भने यसअघि खेलिएको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।
इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबिच हालसम्म चार खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा मात्र मुम्बईले लखनउलाई हराएको छ । तीन खेल लखनउ विजय भएको छ ।
जारी सिजनको आईपीएलमा कोलकाता र दिल्ली पहिलो पटक भिड्न लागेका हुन् ।