शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा झिनो अंकले बृद्धि

झण्डै तीन अर्बको सेयर किनबेच

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने शुन्य दशमलव शुन्य सात अंकले बढेर १९ सय ८० दशमलव ३४ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले बढेर तीन सय ५१ दशमलव ९५ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ११ पटकको कारोबारमा ७३ लाख ४१ हजार एक सय ७७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार पाँच सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहह्रुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव शुन्य तीन अंकले बढेर एक हजार ३३ दशमलव ३९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६५ दशमलव ४९ अंकले बढेर तीन हजार नौं सय ९९ दशमलव ८० अंकमा पुगेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि ८९ दशमलव २२ अंकले बढेर २२ सय २५ दशमलव २६ अंकमा पुगेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य सात अंकले बढेको छ । जलबिद्युत समुहको सुचक भने १२ दशमलव १० अंकले बढेर २३ सय ९४ दशमलव ५८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि २५ दशमलव २५ अंकले घटेर एक हजार २७ दशमलव १८ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ६६ अंकले घटेर १० हजार दुई सय ६१ दशमलव ३२ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उतपादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स परेको छ ।