१४ अंकले बढ्दा दुई अर्ब ६८ करोडको सेयर किनबेच
काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १४ दशमलव ३३ अंकले बढेर १९ सय ८० दशमलव २७ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६२ अंकले बढेर तीन सय ५० दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार एक सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ हजार एक सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार नौं सय ५५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा टे«डिङ समुहको सुचक नौं दशमलव ५२ अंकले घटेपनि बाँकी समुहहरुको सुुचक भने उच्च अंकले बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ५५ अंकले बढेर एक हजार ३० दशमलव ३६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ८५ दशमलव ८५ अंकले बढेर तीन हजार नौैं सय ३४ दशमलव ३१ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ८१ दशमलव ८९ अंकले बढेर २१ सय ३६ दशमलव शुन्य चार अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १० दशमलव ५१ अंकले बढेर २४ सय छ दशमलव ६९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि ७२ दशमलव ३० अंकले बढेर १० हजार ५२ दशमलव ४३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव ३१ अंकले बढेर १० हजार तीन सय १३ दशमलव ९८ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फार्ईनान्स परेको छ ।