बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ

शनिबार, बैशाख १५ २०८१

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् ।

जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ । मतदान गरिसकेपछि बोल्दै नेकपा एमालेका उम्मेदवार नेम्वाङले उत्साहको महशुस भइरहेको बताएका छन्

उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए । उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताए। घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।