बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आईपीएलमा आज चेन्नाई र लखनउ भिड्दै

मंगलबार, बैशाख ११ २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज चेन्नाई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स बिच हुनेछ । मंगलबार चेन्नाईको घरेलु मैदानमा हुने खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा समान खेल खेलेका दुबै दिमलाई जित आवश्यक छ । दुबै टिमले हालसम्म सात खेल खेल्दै चार जित तथा तिन खेलमा हार बेहोर्दै आठ अंक बटुलेका छन ।

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई र लखनउ दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि यी दुई टोलीबिच खेलिएको खेलमा लखनउले आँठ विकेटको प्रभावशाली जित निकालेको थियो । जुन खेल लखनउको घरेलु मैदानमा भएको थियो ।