शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मधु मरासिनी बने अर्थसचिव

सोमबार, बैशाख १० २०८१

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको छ । हाल अर्थसचिवको जिम्मेवारी सम्हालेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

यसअघि मधु मरासिनीलाई पेमेन्ट गेटवेसम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थ मन्त्रालयमा लगिएको हो ।