काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजा नेपाल भ्रमणका लागि भोलि आउने भएकोले यस्तो निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि पनि बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
कतारका अमिर ९राजा० शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।