बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै

सोमबार, बैशाख १० २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच हुनेछ । सोमबार राजस्थानको घरेलु मैदानमा हुने खेल राति ७ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ । राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ ।

एक खेलमा भने राजस्थानले पराजय ब्यहोरेको छ । राजस्थान रोयल्स १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यो सिजनको आईपीएलमा राजस्थान रोयल्सले हालसम्म एकमात्र हार गुजरात टाइटन्ससँग ब्यहोरेको हो । गुजरातले राजस्थानलाई तीन विकेटले हराएको थियो ।
मुम्बई इन्डियन्सले पनि जारी आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । मुम्बई यसअघि खेलिएको सातमध्ये तीन खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच दोस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि यी दुई टोलीबिच खेलिएको खेलमा राजस्थानले मुम्बईलाई हराएको थियो । जुन खेल मुम्बईको घरेलु मैदानमा खेलिएको थियो ।