अर्को खेलमा गुजरातको जित
काठमाडौँ । लगातार पाँच खेल हारेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको पहिलो खेलमा बैंगलुरुमाथि कोलकाता नाइट राइडर्सले एक रनको रोमाञ्चक जित हात पारेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले भने निर्धारित ओभरमा आफ्नो सबै विकेट गुमाएर दुई सय २१ रनमात्र बनाउन सक्यो ।
महत्त्वपूर्ण जितसँगै कोलकाता १० अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हालसम्म सात खेल खेलेको कोलकाताले पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
आईपीएलको १७औँ संस्करणमा बैंगलुरुले भने आफ्नो निराशाजनक प्रदर्शन जारी राखेको छ । हालसम्म आठ खेल खेलेको बैंगलुरुले सात खेलमा हार भोगिसकेको छ । एक खेलमा मात्र बैंगलुरु विजयी भएको छ । बैंगलुरु दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।
त्यस्तै आइतबार नै भएको दोश्रो खेलमा पञ्जाबलाई ३ विकेट हराउदै गुजरात टाइटन्सलेले जित हासिल गरेको छ । पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पुर्यायो। जितसँगै गुजरातले आँठ खेलमा आँठ अंक बनाएको छ भने पञ्जाबको समान खेलमा चार अंक छ ।