शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंकहरूको खुद मुनाफामा १३ प्रतिशतले कमी

२० वटा बैंकहरूले पछिल्लो नौं महिनामा कमाए ४१ अर्ब २२ करोड

सोमबार, बैशाख १० २०८१

काठमाडौं । बाँणिज्य बैंकहरूको खुद मुनाफा घटेको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरूले चालु आर्थिक पछिल्लो नौं महिना अर्थात चैत्र मसान्तसम्ममा ४१ अर्ब २२ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरूले कमाएको यो नाफा गत आवको सोही अवधिमा तुलनामा १३ दशमलव ४७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरूले कुल ४७ अर्ब ५३ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
बैंकहरूले सार्वजनिक गरेको चालु आवको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले चार अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले तीन अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैैयाँ खुद मुनाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने तीन अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा प्राईम कर्मसियल बैंकले दुई अर्ब ८७ करोड ८७ लाख ४६ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसैगरी एभरेष्ट बैंकले चालु आवको तेस्रो त्रैमासमा दुई अर्ब ५० करोड ८४ लाख ६४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा स्टान्र्डड चार्टड बैंकले दुई अर्ब ४४ करोड ७१ लाख २२ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसैगरी राष्ट्रिय बाँणिज्य बैंकले पछिल्लो अवधिमा दुई अर्ब ३७ करोड ४८ लाख २३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ भने एनएमबी बैंकले दुई अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । कृषि बिकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा दुई अर्ब पाँच करोड ३१ लाख ६२ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । हिमालयन, एनआईसी एशिया र प्रभु बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ९४ करोड ८१ लाख, एक अर्ब ९१ करोड ४६ लाख ९१ हजार र एक अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
चालु आवको तेस्रो त्रैमासिक अवधिमा सिद्धार्थ, लक्ष्मी सनराईज र सानिमा बैंकले भने क्रमशः एक अर्ब ६८ करोड ४० लाख ९० हजार, एक अर्ब ६१ करोड १९ लाख तीन हजार र एक अर्ब ४३ करोड ९४ लाख ४२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । सिटिजन्स र नेपाल एसबिआई बैंकले भने क्रमशः एक अर्ब ३० करोड ५० लाख नौं हजार र एक अर्ब १६ करोड ४१ लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी कुमारी र माछापुच्छ«े बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब पाँच करोड २७ लाख ९४ हजार र ८५ करोड ५४ लाख ४६ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । नेपाल बैंकले भने चालु आवको तेस्रो त्रैमासमा बाँणिज्य बैंकहर मध्येमा सबैभन्दा कम अर्थात १३ करोड पाँच लाख नौं हजार एक सय छ रुपैंयाँ खुद मुनाफा कमाएको छ ।