कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाब किङ्स र गुजरात टाइटन्स
काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुनेछ। दोस्रो खेल पञ्जाब किङ्स र टाइटन्सबिच रहेको छ ।
कोलकाता र बैंगलुरुबिचको खेल दिउँसो ३ः४५ बजे इडेन गार्डेन्स स्टेडियममा सुरु हुनेछ । इडेन गार्डेन्स कोलकाताको घरेलु मैदान हो ।
जारी सिजनको आईपीएलमा कोलकाताले आफ्नो सातौँ खेल खेल्न लागेको हो, भने रोयल च्यालेन्जर्सले आठौं खेल खेल्न लागेको हो । कोलकाताले आठ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ । भने रोयल च्यालेन्जर्स बैंगलुरु मात्र दुइ अंक लिएर पुछारमा छ ।
दोश्रो खेल साँझ ७ः४५ मा सुरु हुनेछ । जारी सिजनको आईपीएलमा पञ्जाब किङ्सको आठौं खेल तथा गुजरात टाइटन्सको पनि आठौं खेल हो । अंक तालिकामा पञ्जाब किङ्स चार अंकसहित नवौैं स्थानमा छ भने टाइटन्सको छ अंकसहित आठौं स्थानमा रहेको छ ।