बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अनमोलको ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । सुपरस्टार अनमोल केसी अभिनित नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक भएको छ । विषयवस्तु र मेकिङको हिसाबले ट्रेलर निक्कै उत्कृष्ट देखिन्छ ।

मल्टिस्टार फिल्म पुजार सार्कीसँग भिड्न लागेकाले पनि अनमोलका लागि यो चलचित्र अघि छड्के ३ मा असुहाउँदो भूमिका खेल्दा असफलता व्यहोरेका अनमोल ‘फर्की फर्की’ मा आफ्नो कम्फर्ट जोनमा फर्केका छन् । यद्यपि, ट्रेलरले पक्कै केही न केही फरक स्वादको आशा जगाएको छ ।

ट्रेलरमा विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, रोमान्स र बदला देखाइएको छ । एक्सन दृश्यसमेत समावेश ट्रेलरमा अनमोल आफूलाई भगवान भएको बताउँदै हिँडेको देखिन्छ ।

बुद्ध जयन्तीको अवसर पारेर आगामी जेठ १० देखि प्रदर्शनमा आउन लागेको यस फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

फिल्ममा अनमोल र जसितासँगै रवी काफ्ले र समृद्धि अर्यालले मुख्य भुमिकामा डेब्यू गरेका छन् । युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएपछि निकै सकारात्मक प्रतिक्रिया पाएको यस फिल्मका प्रस्तुतकर्ता रहेका रोहित अधिकारीले बताए ।