काठमाडौं । यादु सुवेदीको स्वरमा रहेको गीत ‘चिया पिउने बहानाले’ सार्वजनिक भएको छ ।
अनिश ओक्लेको शब्द संगीत, जेम्स प्रधानको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश ठकुल्लाको निर्देशन रहेको भिडियोमा गायक यादु र रेनुका मगरलाई फिचरिङ गरिएको छ । पोखराका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको भिडियोमा नरेश एइरको छायांकन र राकेश कुमारको सम्पादन छ ।
गीतको भिडियो गायक यादुको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।