बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक

बिहिबार, बैशाख ६ २०८१

काठमाडौं । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन् । भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ ।

विकेश मगर र समन महर्जनको संयुक्तरूपमा छायाङ्कन गरेको भिडियोको सम्पादन विकेश, समन र सुम्निमाले गरेका हुन् ।

भिडियोमा रङ संयोजन विकेश मगरले गरेका छन्। गीतमा सुमित तामाङ, रजीन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य रहेको छ ।

सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको छ । सुम्निमाको यसअघि मन्नतलगायतका विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन् ।