ललितपुरको ललितपुर महानगरपालिका–१४ नखीपोटस्थित बाटोमा सुनसरी धरान घर भएका करिब ६५ वर्षीय राजु भन्ने पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ गोबरैया बस्ने ३५ वर्षीय जितेन्द्र पाण्डे सोही गाउँपालिका–३ पत्थरकलास्थित कालिमाई मन्दिर नजिक चौतारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालीकास्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।