बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सलिकोका अध्यक्ष मुलद्धारा सपथ ग्रहण

सोमबार, बैशाख ३ २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडमा अध्यक्ष मनोहरदाश मुलले सपथ ग्रहण गरेका छन् । कम्पनीको २०८० साल चैत्र २७ गते मङ्गलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मुललाई नियुक्त गर्ने निर्णय बमोजिम आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथग्रहण गरेका हुन ।

शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।