बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्यवसायीद्धारा हस्तकला ग्राम स्थापना तथा संचालन सम्बन्धी विद्येयक जतिसक्दो चाँडो पारित गर्न आग्रह

आइतबार, बैशाख २ २०८१

काठमाडौँ – नेपाल हस्तकला महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यले हस्तकला ग्राम स्थापना तथा संचालन सम्बन्धी विद्येयक जतिसक्दो चाँडो पारित गर्न वाग्मती प्रदेश सरकारसंग आग्रह गरेका छन् ।

बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुको सम्मानमा आयोजित कार्यक्रममा उनले बागमती प्रदेश सभामा दफावार छलफलको प्रकृयामा रहेको बागमती प्रदेशका १३ वटै जिल्लाका ११९ पालिकाहरुमा ती पालिकाहरुको प्रकृति अनुसार हस्तकला ग्राम स्थापनाको लागी सो विद्येयक पारित गर्न आग्रह गरेका हुन् । हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनको लागि सो विद्येयकले महत्वपुर्ण भुमिका निवार्ह गर्ने उनले बताए । यस्तै उनले प्रदेशस्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र संचालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता संचालन, हस्तकला विश्व विद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको अपेक्षा गरेको बताए ।

महासंघले बागमती प्रदेश सरकारका नवनियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठको सम्मानमा आईतबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ३ वटै विभागीय मन्त्रीहरुले हस्तकला क्षेत्रको प्रवद्र्धनको लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरुलाई प्राथमिकता पूर्वक कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।

उनीहरुले प्रदेशभित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा संचालन विधयक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्था कै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु काठ, ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने लगायतका प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा महासंघका सल्लाहकार पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरु र कर्मचारीहरु सहभागिता रहेको थियो ।