शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से दुई हजार २५ अंकमा सातामा ११ अर्ब ८८ करोडको सेयर किनबेच

आइतबार, बैशाख २ २०८१

यो साता नेप्से दुई हजार चार दशमलव २५ दशमलव ३० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५८ दशमलव १९ अंकमा पुगेको छ ।
नेप्सेमा यो साता तीन सय १५ वटा कम्पनीहरुको एक लाख ९७ हजार नौं सय दुई पटकको कारोबारमा दुई करोड ९६ लाख ९६ हजार चार सय ३६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ११ अर्ब ८८ करोड ६१ लाख २० हजार नौं सय ६२ रुपैंयाँ ९९ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैंयाँले कम हो ।
गत साता नेप्सेमा तीन सय १६ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।

जसअनुुसार दुई लाख ८४ हजार छ सय ८० पटकको कारोबारमा तीन करोड ४८ लाख २४ हजार छ सय ७३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १३ अर्ब ९४ करोड ५२ लाख ३३ हजार पाँच सय १० रुपैंयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्य मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रोे दिन बढेको नेप्से चौंथो दिन भने घटेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन नेप्से २२ दशमलव ७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१ अंकमा पुगेको थियो भने सेन्सिटिभ तीन दशमलव ९७ अंकले बढेर तीन सय ५९ दशमलव ४० अंकमा पुगेको थियो । दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो भने तेस्रो दिन नेप्से नौं दशमलव १९ अंकले बढेर दुई हजार ३६ दशमलव शुन्य सात अंकमा पुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले बढेर तीन सय ६० दशमलव १५ अंकमा पुगेको थियो । चौंथो दिन भने नेप्से १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दशमलव ९६ अंकले घटेर तीन सय ५८ दशमलव १९ अंकमा झरेको थियो । पाँचौं कारोबार दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सर्वोत्तम सिमिटेन्ट लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम (रुपैयाँमा)

पहिलो दिन ३११ ६४२२१ ११२१०१०२ ४२५६६७६३३३.५६

दोस्रो दिन सार्वजनिक बिदा

तेस्रो दिन ३१५ ७२२६१ ९७८९४१६ ४१४३७८३९८९.११

चौंथो दिन ३०८ ६१४२० ८६९६९१८ ३४८५६६०६४०.३२

पाँचौं दिन सार्वजनिक बिदा

आर्टिकलको लागि
किन बढ्न सकेन ?
भारतको तुलनामा चीन संगको नेपालको बैदेशिक व्यापार
चीन संगको नेपालको बैदेशिक व्यापार कमजोर रहेको छ । मुख्य भुमी चीन र तिव्बतको राजधानी ल्हासा जोड्ने रेलमार्गको सञ्चालनवाट नेपाल र चीन वीचको व्यापार वढने भनिए पनि सो अनुसार व्यापार बढ्न सकेको छैंन । करिव दूई हजार किलोमीटर लामो चीङहाई ल्हासा रेल मार्ग जुलाई ४, २००६ देखि सञ्चालनमा आईसकेको छ । सन् २०१३ सम्म नेपाली सीमावर्ति चीनीयाँ शहर खासा सम्म रेलवे सञ्जाल विस्तार भए पनि यो रेलमार्ग सिगात्सेतिर मोडिएर केरुङतिर आउँदैछ । केरुङमा आफ्नोतर्फ पूर्वाधार विकास गरिसकेको छ । तर नेपालतर्फ पूर्वाधार केहि छैन् भने पनि हुन्छ । रेल मार्गले चीन –नेपाल व्यापार अभिवृद्धिको लागि एतिहासिक अवसर उपलव्ध गराएको छ ।

नेपाल दुई ठुला मुलुक भारत र चीनको बीचमा रहेको भुपरिवेष्ठित मुलुक हो । नेपालको आफ्नो भुमिसम्म यो रेल सञ्जाल विस्तार गर्न लामो समयदेखि चीनसँग आग्रह गर्दै आएको थियो । चीनको रेलवे सञ्जाल राजधानी बेईजिङ्ग र अन्य सवै ठुला शहरमा जोडिएकोले पनि यसको महत्व बढी छ । नेपालले वैदेशिक व्यापारमा भारतको हिस्सा बरिब सत्तरी प्रतिशत जति छ । चीनसँग पनि अघिल्ला वर्ष भन्दा ०६९–७० मा निकासी र पैठारी बढदै छ । भूईचालो र कोराना २०१९ पछि २०८० पछि स्याफ्रुवेसी– रसुवागढी सडकले नेपालको चीनसँगको निकासी बढाउने छ । भूईचालो २०७२ पछि २०८० मा तातोपानी नाका र रसुवागढी नाका चल्दै छ ।

चीनले नेपालवाट निर्यात हुने केहि वस्तुलाई शुन्य भंसार सुविधा दिन सहमति भएको छ । यसले मध्य चीन तथा तिव्वतमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढने र निर्यातको थप ढोका खुल्ने छ । खासगरी कृषीजन्य उत्पादन, हस्तकला, ध्यु, भाडाकुँडा, चाउचाउ, मैदा, निर्माण सामाग्री लगायतका बस्तुहरुले बढी फाईदा लिन सक्नेछन् । चीनले दुइ सय ७८ शिर्षकमा सुविधा दिन सहमति जनाएपनि धेरै बस्तु नेपालवाट निर्यात हुने प्रकृतिका छैनन् । हस्तकला, कपडा, वनस्पति ध्यु, आलमुनियमका भाँडाकाुडा, विस्कुट, अगरवत्ती, चाउचाउ, मैदा सिमन्ट, फलामे छड आदि पनि सूचिमा पर्छन । चीनसंगको व्यापार घाटा धान्नै नसक्ने गरी बढेपछि नेपालले शुन्य भंसारको प्रस्ताव ल्याएको हो ।

चीन , हङ्गकङ्ग र तिव्वत समेत जोड्दा नेपालको कुल व्यापार घाटा अत्याधिक रहेको चीन सरकारले नेपाली उत्पादनको शुन्य भन्सार दरको सूची थप गरेको छ । विगतमा सात हजार आठ सय नेपाली उत्पादनलाई भन्सार सहुलियत प्रदान गर्दै आएकोमा यसलाई बढाएर आड हजार ३१ पु¥याईएको छ । नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई व्यापार विस्तारका लागि सहयोग पु¥याउन यस्तो सुबिधा दिएको हो। यस्तो चीनले दिएको सुबिधाबाट नेपालले भरपुर फाईदा लिन नितान्त आवश्यक छ ।

चीनसंगको सम्झौताले नेपालको निकासी व्यापारको आयतन बढाउन सहयोग अवश्य पुग्नेछ । शुन्य भन्सार सुबिधा सन २०१५ डिसेम्बरभित्र कार्यान्वयनमा ल्याउने सहमती भएको देखिन्छ । सन २००७ मा चार हजार सात सय २१ वस्तुलाई शुन्य भन्सार दरमा चीन प्रवेश सुबिधा दिएकोमा सन २०१३ मा बढाएर सात हजार सात सय ८७ पु¥याईएको थियो । यस सुबिधाले नेपालबाट चीन निर्यात हुने ९७ प्रतिशत वस्तुले शुन्य भन्सारमा प्रवेश पाउने छन् भनिएको छ । तर पनि यो सुबिधा व्यापारमा संल्ग्न तल्लो निकायसम्म पूर्वाधार नेपालको तल्लो निकायसम्म नहँुदा नेपालले यस्तो सुबिधाबाट बन्चित हुने देखिएको छ । चीन नेपालको लागि भारतपछी ठूलो व्यापारिक देश हो । हरेक बर्ष नेपालको चीनसंग व्यापार घाटा उच्च दरले बढदै छ । यी त भए नेपालको उतरी मित्र देश चीनतर्फको व्यापार ढाँचा। नेपालको भारतसंगको व्यापार अवस्था पनि त्यतिकै कहालीलाग्दो छ ।

नेपालको निकासी बढाउन नेपालको निकासी जति हुन्छ त्यति मात्र भारतवाट नेपालमा वस्तु आयात गर्न भारतसंग सौदावाजी गर्नुपर्छ । नेपालको निर्यात वृद्धि गर्न अन्य उपायहरुमा निर्यात व्यवसायलाई आयकरवाट मुक्त गर्नुपर्ने , निर्यातकर्तालाई प्रदान गरिएको सुविधा कार्यान्वयन गर्नुपर्ने, निकासी प्रशोधन क्षेत्रको विकास गर्नुपर्ने देखिन्छ । वाह्य मुलुकमा हाम्रो उत्पादनको वारेमा बढी भन्दा बढी प्रचार प्रसार गरि व्यापार मेलामा भाग लिनुपर्ने देखिन्छ । नयाँ वाणिज्य नितिमा झन्झटिलो नितीहरुलाई समन्वय गरी निकासी प्रवद्र्धन उन्मुख बनाउदै जानुपर्ने देखिन्छ । नयाँ वाणिज्य निति २०७२ र रणनीति २०७९ (२०२३) आएपनि निर्यातमा सरकारले सहुलियतपूर्ण निती नियम तर्जुमा गर्नुपर्ने देखिन्छ ।

भारत, बंगलादेश, अफगानिस्तान जस्ता सार्क राष्ट्रहरुमा सहुलियतपूर्ण निति दिएको कारण देशको निर्यात बढेको हो । सार्क राष्ट्रसंग प्रतिस्पर्धा गर्न सक्ने किसीमका निती नियम आवश्यक छ । नेपालको निकासी प्रवद्र्धनमा निकासी वस्तुगत संघहरुले वार्षिक आफसंग सम्वन्धित वस्तुहरुको निकासी कम्तीमा पनि वार्षिक रुपमा दुई – तीन प्रतिशतले मात्र बढने हो भने पाँच वर्षमा नेपालको निकासी वृद्धि हुँदै जान्छ ।

नेपालको आयात व्यापार माग गरिएको नयाँ बन्दरगाहा मार्फत गरी नेपालको निकासी व्यापार हालै प्रयोग गरि आएको कोलकाता – हल्दिया वन्दरगाहा मार्फत सञ्चालन गरिनु उपयुक्त हुने छ । नेपालले प्रयोग गर्दै आएको हालको कोलकाता वन्दरगाह प्राकृतिक रुपले नेपालको ठुला नदिहरुसंग जोडिएको छ । त्यसर्थ भारतको कोलकाता वन्दरगाहा नेपालको प्रयोगको लागि नियमित नै गरिनु पर्छ । कोलकाता भंसारमा विलम्व शुल्कका अलावा ठुलो व्यापारिक खर्च नेपाली व्यापारीले पटक पटक व्यहोर्नु परेको छ ।

नेपालको कुल निर्यातको अस्सी प्रतिशत भन्दा बढी निकासी पैठारी भारतिय सडक मार्गवाट हुने गरेको छ । नेपालको कुल निर्यात कारोवारमा एच.एस कमोडिटी कोड अनुरुप ५ सय भन्दा बढि किसिमका वस्तुहरु निर्यात भएको पाईन्छ । नेपालको निर्यात व्यापारमा क्षेत्रगत दृष्टिकोणवाट नेपालसँग व्यापार कारोवार गर्ने मुलुकहरुमा एशिया, अफ्रीका, अमेरिका, यूरोप, ओशेनियाका गरी लगभग एक सय ७० भन्दा वढी छन् । निर्यात व्यापार कारोवारमा धेरै वस्तु र एक सय ७० भन्दा वढी मुलुक देखिएता पनि निकासी मुल्यको दृष्टिकोणले रु एक अरव भन्दा बढि रकमको सात आठ वटा वस्तुहरु मात्र छन् ।

नेपालको वैदेशिक व्यापारका समस्यामा निर्यात व्यापारका समस्या बढी छन् । विकासोन्मुख देश नेपालमा यो समस्या अझ धेरै हुनु स्वाभाविक हो । निर्यात व्यापारको लागि उपयुक्त वातावरण हुनु आवश्यक छ । नेपालमा निर्यातका सम्वन्धमा अनुभव गरिएका समस्याहरुमा कृषि क्षेत्रका वस्तुहरुको उत्पादन निर्यातलाई लक्षित गरि व्यावसायीक रुपमा विकास हुन नसक्नु, विकसित वस्तु अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तर नहुनु, निर्यात योग्य वस्तुको उत्पादन विकास द्रुत गतिमा नहुनु, निर्यात योग्य वस्तु विश्व बजारका क्रेताको जानकारीमा नआउनु, निर्यातमा अग्रस्थान ओगट्न सफल प्रमुख वस्तुहरुको मुख्य कच्चा पदार्थ पूर्णतया पैठारीमा निर्भर हुनु र निर्यातवाट आर्जित रकमको अत्यधिक हिस्सा कच्चा पदार्थको पैठारीमा खर्च गर्नु पर्ने बाध्यता छन् ।

देशमा राजनितिक स्थिरता नहुन तर विस्तारै बन्दै जानु, बन्द हडतालको वातावरण, श्रमिक र उद्योगपति वीच समझदारीको कमि जस्ता कारणले निर्यात व्यापारमा चुनौति देखिएका छन्। निर्यात कारोवारको मुल्य बढी हुनु पनि निर्यात व्यापारलाई असर पारेको मुख्य तत्व हो । निर्यातका वस्तुहरु संख्यात्मक रुपमा धेरै भएपनि केहि सिमित वस्तुको मात्र निर्यातमा वाहुल्यता देखिएको छ । यस्ता बस्तुको निर्यात सिमित देशमा केन्द्रिकृत भएको पाईएको छन् । अन्य निकासी वस्तुहरु परिमाणत्मक रुपमा ज्यादै कम रहेकोवाट क्रेताको माग बमोजिमको परिमाणमा बस्तु उपलव्ध गराउन समस्या देखिएको छ । निर्यातको विकासको लागि अग्र तथा पृष्ठ सम्वन्धहरुको विकासमा प्रभावकारीता आउन सकेको छैन् । निर्यातको लक्ष्य परिमाणत्मक रुपमा तोकि वस्तुको उत्पादन कार्य समन्वयात्मक किसिमवाट हुन सकेको छैन ।

गुणस्तर परिक्षण कार्य निरन्तर हुन नसक्नु र गुणस्तर विकास सम्वन्धि पूर्वाधार व्यवस्था सामान्य अवस्थामा रहनुको साथै निर्यात वस्तुको विकास व्यवस्था, स्तरिय सम्वेष्ठन , अनुसन्धान तथा बैदेशिक व्यापार व्यवस्थापन सम्वन्धि जनशक्ति को विकास कार्य प्रभावकारी रुपमा हुन सकेको छैन । निर्यात प्रर्वद्धृनका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु आवश्यक छ । वाणिज्य क्षेत्रको नितिगत व्यवस्था समयानुकुल परिमार्जन हुन सकेको छैन । निर्यातको प्रक्रियागत कार्यलाई सरलीकरण गर्ने र निर्यात वस्तुहरुको उत्पादन र निर्यातका सम्वन्धमा समय समयमा आउने अवरोधहरुको समाधान हुनुपर्नै देखिन्छ ।

कम वजन तथा बढी मुल्यका निर्यात वस्तुको विकास तथा केहि निर्यात वस्तुमा मुल्य अभिवृद्धि गर्न सकिने सम्भावना छ । त्यस्ता वस्तुको उत्पादन प्रोत्साहन गरिनु पर्छ । उपयुक्त समस्याहरु समाधान गर्न निर्यातलाई लक्षित गरि उत्पादन विस्तार गर्नुपर्ने, देशगत रुपमा व्यापार विविधीकरण गर्नुपर्ने, निर्यात वस्तुको विकास कार्यक्रमहरु प्रोत्साहन गर्नुपर्ने, निर्यात एवं गुणस्तर परिक्षण पूर्वाधारहरुका व्यवस्था गर्दै जानुपर्ने, सम्वेष्ठन प्रणाली सुधार गर्नुपर्ने, कम वजन र बढी मुल्यका साथै वढी मुल्य अभिवृद्धि हुने वस्तुको पहिचान र विकास र निर्यातमा जोड दिनुपर्ने देखिन्छ ।

अन्य समस्या समाधान गर्ने उपायहरुमा निर्यातमा सहुलियत व्याजदरमा ऋण प्रवाह गर्नुपर्ने, वाणिज्य क्षेत्रका नितिगत व्यवस्थालाई परिमार्जन गर्नुपर्ने , निर्यातगृहको स्थापना कार्यान्वयन गर्नुपर्ने, निर्यातको प्रकृयागत कार्यलाई सहज गर्नुपर्ने, निर्यातको क्षेत्रका सम्भावनाहरु पहिचान गर्न विदेश स्थित नेपाली कुटनैतिक नियोगहरुलाई परिचालन गर्नुपर्ने र निर्यातजन्य वस्तको उत्पादन र प्रवद्र्धनमुखी संस्थाहरुको संयोजन गरी वस्तु विकास र वजार प्रवद्र्धन गर्दै जानु पर्ने आवस्यकता रहेको छ ।

कसको बार्षिक साधारण सभा कहिले ?
नाम किसिम स्थान मिती एजेण्डा
सर्वोत्तम सिमेन्ट लिमिटेड पाँचौं होटल सिद्धार्थ भिलासा, रुपन्देही बैशाख १२ वित्तीय विवरण
प्रभु बैंक २२ औं केन्द्रिय कार्यालय, बबरमहल बैशाख २० वित्तीय विवरण
नेपाल क्लियरिङ हाउस लिमिटेड बिशेष होटल रोयल सिंङगी बैशाख १३ मर्जर
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लि. बिशेष लिसारा रिसेप्सन, नक्साल बैशाख १३ मर्जर
प्रभु इन्स्योरेन्स कम्पनी २८ औं प्रभु कप्लेक्स, तिनकुने, काठमाडौं बैशाख २० लाभाँश
रिभर फल्स पावर लिमिटेड सातौं र आठौं लिसारा रिसेप्सन, नक्साल बैशाख २० हकप्रद

बैक तथा फाईनान्स कम्पनीहरुले कायम रहेको चुक्ता पुँजी (रकम र हजारमा)

बाँणिज्य बैक तर्फ
क्र.स बैककोे नाम चुक्ता पुंजी
१ सिद्धार्थ बैंक १४०८९९८०.१९
२ कृषि बिकास बैंक १८८८४३८६.०७
३ कुमारी बैंक २६२२५८६१.३४
४ एनआईसी एशिया बैंक ११५६४००५.३६
५ प्रभु बैंक २३५४२४९०
६ नेपाल बैंक १४६९४०२२.९२
७ ग्लोवल आईएमई बैंक ३५७७१०६०
८ लक्ष्मी सनराईज बैंक २१६७०२३८
९ सानिमा बैंक १२४६०११५.०५
१० नेपाल एसबिआई बैंक १०१२०६२८.७०
११ एनएमबी बैंक १८३६६७०६
१२ राष्ट्रिय बाँणिज्य बैंक १५६३७३७७.०५
१३ एभरेष्ट बैंक १०६९८०९४
१४ माछापुच्छे« बैंक १०२५७१५५.५८
१५ नबिल बैैंक २७०५६९९७
१६ हिमालयन बैंक २१६५६६१५.६३
१७ प्राईम कर्मसियल बैंक १९४०२५७५.७१
१८ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३४१२८५९५
१९ सिटिजन बैंक १४२००९७४
२० स्टान्र्डड चार्टड बैंक ९४२९४५४

बिकास बैक तर्फ
क्र.स बैंकको नाम चुक्ता पुंजी
१ लुम्बिनी बिकास बैंक ३३८२८२१.२८
२ कामना सेवा बिकास बैंक ३२८११६४.६६
३ नारायणी डेभलपमेन्ट बैंक २६२४६७.६०
४ कर्णाली डेभलमेन्ट बैंक ५०२८३०
५ साँग्रिला डेभलपमेन्ट बैंक ३२६७५९१.७१
६ मितेरी डेभलपमेन्ट बैंक १०१५००१.४३
७ ग्रीन डेभलपमेन्ट बैंक ५१९०००
८ ज्योति बिकास बैंक ४३९५७८५.८८
९ कर्पोरेट डेभलपमेन्ट बैंक ५२५०००
१० गरिमा बिकास बैंक ५१८७६८७.०५
११ सिन्धुु बिकास बैंक ५५७४५६.०६
१२ मुक्तिनाथ बिकास बैंक ६४२०९००.२७
१३ शाईन रेसुंगा डे. बैंक ४२८३८८३.२१
१४ महालक्ष्मी बिकास बैैंक ४१७१३१८.६०
१५ एक्सेल डेभलपमेन्ट बैंक १२४९६९०.००
१६ सप्तकोशी डेभलपमेन्ट बैंक ८३४३४०
१७ साल्पा बिकास बैंक ३५००००

फाईनान्स तर्फ
क्र.स फाईनान्सको नाम चुक्ता पुंजी
१ बेष्ट फाईनान्स ८५४८१६.७७
२ पोखरा फाईनान्स १०८२५५६.६०
३ समृद्धि फाईनान्स ८१८९११
४ रिलायन्स फाईनान्स ११२१४५२
५ प्र्रोग्रेसिभ फाईनान्स ८४८१०६
६ नेपाल फाईनान्स ७२७५४८
७ गोर्खाज फाईनान्स ८६७९९३.८०
८ श्री इन्भेष्टमेन्ट फाईनान्स ९८१६८३.२०
९ सेन्ट्रल फाईनान्स ९४८८७५.४५
१० गुह्ेश्वरी मर्चेन्ट फाईनान्स १०१२१७६
११ आईसीएफसी फाईनान्स ११८३४७०.९६
१२ मञ्जुश्री फाईनान्स १३५१५५३
१३ गुडविल फाईनान्स ९४६११५.२०
१४ मल्टिपर्पस फाईनान्स ४५२०००
१५ जानकी फाईनान्स ६९०४७२.८०

लघुबित्त बित्तीय संस्थातर्फ
क्र.स संस्थाको नाम चुक्ता पुंजी
१ फरवार्ड माईक्रो फाईनान्स ८४४४५१
२ फष्र्ट माईक्रो फाईनान्स ९६४४९२.४०
३ एनआईसी एशिया लघुबित्त १७३९४४०
४ साधना लघुबित्त संस्था ३२१२२५.५०
५ मिर्मिरे लघुुबित्त संस्था ५३१२०५.३८
६ डिप्रोक्स लघुुबित्त संस्था ११५६२४८.६१
७ समिट लघुुबित्त संस्था ४९४०००
८ आशा लघुबित्त संस्था ३३३९१४
९ श्रृजनशील लघुबित्त संस्था १०९३७५
१० राष्ट्र उत्थान लघुबित्त संस्था २६००००
११ आरएसडिसी लघुबित्त संस्था ८०५१५५.७४
१२ आरएमडिसी लघुबित्त संस्था १२४१०६६.३२
१३ ग्लोबल आईएमई लघुबित्त ५५२५८९.३३
१४ गणपती लघुबित्त बित्तीय संस्था १५१५५४.५३
१५ सिभिल लघुबित्त बित्तीय संस्था २८८१२४
१६ कालिका लघुबित्त संस्था ३१२८७५
१७ लक्ष्मी लघुबित्त संस्था ३८४०५४
१८ महुली लघुबित्त संस्था २८२१६९.४४
१९ स्वरोजगार लघुबित्त संस्था ५१४०९९.१२
२० मिथिला लघुुबित्त संस्था १७०४३७.१८
२१ आर्दश लघुबित्त संस्था २०७००
२२ सर्पोट लघुबित्त संस्था ८५८००
२३ आँधीखोला लघुबित्त संस्था १०००००
२४ सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था ७९१९८४.७९
२५ नयाँ सारथी लघुुबित्त संस्था ३०३३९५.२६
२६ ईन्फिनिटी लघुबित्त संस्था ४१४५१३
२७ स्वालम्वन लघुुबित्त संस्था ११२२१७०
२८ समता घरेलु लघुबित्त संस्था ३४२७४४.१९
२९ ग्रामिण बिकास लघुुबित्त संस्था ९८२५००
३० गुराँस लघुबित्त संस्था ९७५००
३१ नेरुडे लघुुबित्त संस्था ६०००००
३२ नेशनल माईक्रो फाईनान्स ५८६६७५
३३ आरम्भ चौतारी लघुबित्त संस्था ३६७१४३.४१
३४ छिमेक लघुबित्त संस्था २३२४१००
३५ बिजय लघुबित्त संस्था ३२००००
३६ उन्नती सहकार्य लघुुबित्त संस्था २२९०२०.६१
३७ स्वाभिमान लघुुबित्त संस्था १२१७८२.१५
३८ जीवन बिकास लघुुबित्त संस्था १०३४२८०
३९ निर्धन उत्थान लघुुबित्त संस्था २१९५०२५
४० मानुषी लघुबित्त संस्था १०९३७५
४१ सबैको लघुबित्त संस्था २७०००
४२ महिला लघुबित्त संस्था १४७५००
४३ नाडेप लघुबित्त संस्था ४८५७६०
४४ नेष्डो लघुुबित्त बित्तीय संस्था २५५०००
४५ सिवाईसी नेपाल लघुवित्त १२१६४१.८४
४६ जाल्पा लघुवित्त वित्तीय संस्था १६००००
४७ युनिक नेपाल लघुबित्त संस्था ११०६३२.५०
४८ साना किसान लघुबित्त संस्था १५६४४१३.७२
४९ सामुदायिक लघुबित्त संस्था १३२०००
५० किसान लघुबित्त संस्था ४७१३७०.५३
५१ एनएमबी लघुुबित्त संस्था ६५५८६३
५२ जनउत्थान लघुबित्त संस्था १४७९०६
५३ वीन लघुबित्त बित्तीय संस्था ७९२११
५४ मेरो माईक्रो फाईनान्स १२०००००
५५ अभियान लघुबित्त संस्था २५००००
५६ आँधिखोला लघुवित्त वित्तीय संस्था १०००००
५७ उपकार लघुबित्त संस्था ६५६२५
५८ खप्तड लघुवित्त संस्था ४००००
५९ साना किसान लघुबित्त बित्तीय संस्था १५६४४१३.७२
६० घोडीघोडा लघुबित्त बित्तीय संस्था २७६२५