बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्तिम कारोबार दिन पनि घट्यो नेप्से झण्डै तीन अंकले घट्दा तीन अर्ब तीन करोडको सेयर किनबेच

शुक्रबार, चैत्र २३ २०८०

साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । साताको सुरुवाती कारोबार दिन देखि नैं लगातार घट्दै आएको नेप्से आज पुन दुई दशमलव ७३ अंकले घटेर दुई हजार चार दशमलव शुन्य पाँच अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले घटेर तीन सय ५५ दशमलव ४२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीहरुको ५६ हजार तीन सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार छ सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सात रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७३ अंकले घटेर १० हजार ५० दशमलव शुन्य छ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २१ दशमलव २६ अंकले घटेर तीन हजार आठ सय ६१ दशमलव ५२ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ३८ अंकले घटेर २४ सय ३५ दशमलव ५७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुुचक पनि १६ दशमलव ९४ अंकले घटेर १० हजार एक सय ६३ दशमलव शुन्य एक अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहकको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने छ दशमलव शुन्य छ अंकले बढेर १८ सय ९७ दशमलव ६० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ३८ अंकले बढेर १० हजार चार सय ३२ दशमलव ५९ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त र टे«डिङ समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।