शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अभिनेत्री उर्फी जावेद सधैँ चर्चामा

बिहिबार, चैत्र २२ २०८०

मुम्बई । बारम्बार विवादले घेरिादै आएकी उर्फी जावेद कमाईको हिसावमा धेरै अघि छन् ।

भारतीय टेलिभीजन अभिनेत्री तथा मोडल उनको कमाई धेरै ठूला अनुहार भन्दा धेरै छ।

कथित अश्लीलताका कारण पटक पटक विवादमा पर्ने उनी कमाईमा भने धेरैलाई पछाडी छाडेकी छिन्।

यसरी उनको दैनिक आम्दानी ६.५० लाखभन्दा बढी छ भने उनको वार्षिक कमाई २४ करोड रुपैयाँ रहेको छ ।

जावेदको हालको कुल सम्पत्ति लगभग १७२ करोड रुपैयाँ रहेको बताइएको छ ।

उर्फीले सन् २०१७बाट टिभी सिरियलमा काम गर्न थालेकी थिइन्। जाबेद पहिलो पटक सोनी टिभीबाट प्रसारण हुने बडे भैय्या की दुल्हनियामा अवनी पन्तको रूपमा देखा परेकी थिइन्।

उर्फीले स्टार प्लसको चन्द्र नन्दिनी, मेरी दुर्गा, ये रिश्ता क्या कहलाता है, कसौटी जिंदगी के। सब टिभीको सात फेरो कि हेराफेरी। कलर्स टिभीको बेपनाह, तथा स्टार भारतको जिजिमा लगायत एक दर्जन भन्दा बढी शोहरूमा काम गरिसकेकी छिन्।