नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन छ दशमलव २६ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि एक दशमलव ८५ अंकले घटेर दुई हजार १० दशमलव २१ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५३ प्रतिशतले बढेर तीन सय ५६ दशमलव २० अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ४६ हजार दुई सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार छ सय २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई अंकले घटेर एक हजार ५८ दशमलव ५१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि छ दशमलव ५२ अंकले घटेर तीन हजार नौं सय सात दशमलव ७९ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ७९ अंकले घटेर २४ सय ५९ दशमलव ५७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ३० अंकले घटेर १० हजार चार सय पाँच दशमलव ४६ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने शुन्य दशमलव ७४ अंकले बढेर १९ सय तीन दशमलव ५७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ७९ अंकले बढेर १० हजार एक सय २८ दशमलव ३५ अंकमा चढेको छ । यि बाहेक लगानी, लघुवित्त, सामुहिक लगानी कोष र टे«डिङ समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ज्योति बिकास बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गोर्खाज फाईनान्स पहिलो स्थानमा परेको छ ।