काठमाडौं । मोडल तथा कलाकार एन जेड सालु अभिनित नयाँ गीतको भिडियो ‘लुकी लुकी’ सार्वजनिक भएको छ ।
भिडियो सालुको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
महानायक राजेश हमालको जोडीको रूपमा देखिएकी सालुलाई गीतको भिडियोमा महानायक हमालसँग निकै आकर्षक तरिकाले प्रस्तुत गरेकी छन् ।
हरि गिरी विमर्शी र बबिना किराँतीको स्वर रहेको उक्त गीतको लय र शब्द गायक स्वयं विमर्शीकै छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन गरेका छन् ।
सालुका केही म्युजिक भिडियो सार्वजनिक हुने क्रममा छन् ।
।