शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सामान्य अंकले बढ्यो नेप्से झण्डै पाँच अंकले बढ्दा दुई अर्ब ६५ करोडको सेयर किनबेच

बिहिबार, चैत्र १५ २०८०

 

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन १० दशमलव ८३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने चार दशमलव ७८ अंकले बढेर दुई हजार ३५ दशमलव ६४ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घटेर तीन सय ५९ दशमलव शुन्य नौं अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ५३ हजार छ सय १९ पटकको कारोबारमा ६६ लाख १४ हजार चार स ४५ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ३६ अंकले घटेर एक हजार ७० दशमलव ६० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव ८१ अंक १० हजार चार सय ५२ दशमलव ८४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त र टे«डिङ समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने छ दशमलव ५१ अंकले बढेर तीन हजार नौं सय ६० दशमलव ७४ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि नौं दशमलव ३५ अंकले बढेर १९ सय २७ दशमलव ६१ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि आठ दशमलव शुन्य आठ अंकले बढेर २४ सय ९५ दशमलव २२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ३० अंकले बढेर १० हजार दुई सय १९ दशमलव ३६ अंकमा पुगेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सर्वोत्तम सिमेन्ट परेको छ ।