बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

बिहिबार, चैत्र १५ २०८०

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

टीयु क्रिकेट मैदानमा बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ ।