१० अंकले बढ्दा दुई अर्ब ३५ करोडको सेयर किनबेच
नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य एक अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले बढेर तीन सय ६१ दशमलव ६३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४९ हजार पाँच सय १२ पटकको कारोबारमा ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जीवन बीमा समुहको सुचक १९ दशमलव २० अंकले घटेर १० हजार दुई सय ७१ दशमलव ५२ अंकमा झरेको छ भने फाईनान्स र ट्रेडिङ्ग समुहहरुको सुचक पनि क्रमशः एक दशमलव १७ र चार दशमलव शुन्य दुई अंकले घटेका छन् । यि बाहेकका बाँकी समुहहरुको सुचक भने आज बढेका छन । जसमध्ये बााणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ४९ अंकले बढेर एक हजार ७८ दशमलव शुन्य नौं अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २० दशमलव ४९ अंकले बढेर चार हजार चार दशमलव ५० अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव शुन्य चार अंकले बढेर २४ सय ९६ दशमलव ५० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव १३ अंकले बढेर १० हजार पाँच सय ८४ दशमलव पाँच अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दोल्ती पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।