आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम

मंगलबार, चैत्र १३ २०८०

ग्लोवल मनी वीक–२०२४ अन्तर्गंत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
प्रोटेक्टयोर मनि, सेक्योर योर फ्यूचर भन्ने मूल नाराका साथ पोखरा शाखा बाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरुलाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तिय साक्षरता दिईएको थियो ।

सबै शाखा क्षेत्रहरुमा रेमिटान्स मुख्य आय भएकोले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरि उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्छ साथै अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।

ग्लोवल मनी वीक–२०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमापनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । फाईनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।