बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा उच्च अंकले गिरावट

१७ अंकले घट्दा दुई अर्ब ४८ करोडको सेयर किनबेच

सोमबार, चैत्र १२ २०८०

नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से १७ दशमलव शुन्य एक अंकले घटेर दुई हजार ३१ दशमलव ५५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले घटेर तीन सय ६० दशमलव ७७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ४४ हजार दुई सय ३६ पटकको कारोबारमा ७० लाख ६१ हजार १२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक एक सय ४७ दशमलव ८२ अंकले बढेर छ हजार आठ सय ९० दशमलव शुन्य नौं अंकमा पुगेको छ भने होटल तथा पर्यटन, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव ३७ अंकले घटेर एक हजार ७७ दशमलव ६९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ६० दशमलव ५८ अंकले घटेर तीन हजार नौं सय ८४ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि १६ दशमलव ७८ अंकले घटेर १९ सय ५३ दशमलव शुन्य सात अंकमा झरेकोमा जलबिद्युत समुहको सुुचक पनि २७ दशमलव ९८ अंकले घटेर २४ सय ५७ दशमलव ४५ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव २५ अंकले घटेर १० हजार दुई सय ९० दशमलव ७३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि ८२ दशमलव ६४ अंकले घटेर १० हजार पाँच सय ८१ दशमलव ९१ अंकमा झरेको छ । यि बाहेक लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ ।