शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा सामान्य करेक्सन

तीन अंकले बढ्दा दुई अर्ब ८८ करोडको सेयर किनबेच

सोमबार, चैत्र ५ २०८०

नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १० दशमलव ६२ अंकले घटेको नेप्से आज सोमबार तीन दशमलव २७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले बढेर तीन सय ६९ दशमलव ५६ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ५३ हजार दुई सय ५६ पटकको कारोबारमा ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहको सुुचक घटेर बाँकी समुहहरुको सुुचक बढेका छन् । सो मध्ये बैंकिङ समुहको सुुचक शुन्य दशमलव ३७ अंकले घटेर ११ सय नौं दशमलव शुन्य सात अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक ११ दशमलव ३५ अंकले घटेर १० हजार सात सय ८८ दशमलव ५६ अंकमा झरेको छ । यसैगरी लगानी र उत्पादनमुलक समुहको सुुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ५२ दशमलव ८० अंकले बढेर चार हजार एक सय सात दशमलव ५० अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि २० दशमलव ७६ अंकले बढेर १९ सय ४२ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि चार दशमलव ४१ अंकले बढेर २५ सय २३ दशमलव ४४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि छ दशमलव शुन्य आठ अंकले बढेर १० हजार पाँच सय २३ दशमलव २५ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गोर्खाज फाईनान्स परेको छ ।