शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रचना रिमालको स्वरमा गरिमा शर्मा र राजको रोमान्स

आइतबार, चैत्र ४ २०८०

 

पुनम मोथेको प्रस्तुति रहेको मनको माया बोलको गित सार्वजनिक भएको छ । उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगित एवम् गायिका रचना रिमालको स्वर रहेको छ ।
सार्वजनिक गितको भिडियोमा मोडेल गरिमा शर्मा र नायक एवम् निर्देशक राजकुमार दर्जी अर्थात एभरेस्ट राजको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक राज कुमारले निर्देशन एवम् सम्पादन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ ।

अमेरिका बस्दै आएकी यो गीतकी सर्जक पुनम मोथेले नेपाली गित संगितलाई नयाँ उच्चाईमा पुर्याउन आफ्नो गीति सिर्जनालाई निरन्तरता दिदै आएकी छिन् । सार्वजनिक मनको माया बोलको गितको शब्द, संगित जत्तिकै बलियो भिडियो पनि छ । भिडियोमा निकै रोमान्टिक जोडी देखिएका एभरेस्ट राज र गरिमालाई यस गित मार्फत फरक पन दिन खोजेको निर्देशक राजकुमारले बताए । गीततलाई पुनम मोतेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो लिंक