शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

२२ अंकले बढ्यो नेप्से

जलबिद्युत बाहेक सबै समुहको सुचक हरियो

आइतबार, फाल्गुन २७ २०८०

नेप्से उच्च अंकले बढेको छ । आज आईतबार नेप्से २२ दशमलव १० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि चार दशमलव २६ अंकले बढेर तीन सय ६४ दशमलव ५३ अंकमा पुगेको छ । तीन सय चार वटा कम्पनीहरुको ५६ हजार सात सय २६ पटकको कारोबारमा ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैंयाँ ९१ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जलबिद्युत समुहको सुुचक तीन दशमलव शुन्य नौं अंकले घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव १५ अंकले बढेर एक हजार ९६ दशमलव ५० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ८५ दशमलव ७६ अंकले बढेर १० हजार दुई सय ४३ दशमलव ९२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४२ दशमलव ३२ अंकले बढेर १० हजार सात सय ३५ दशमलव ४८ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेर रातै भएका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चिर्खा हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।