शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से दुई हजार ३० अंकमा सातामा १४ अर्ब तीन करोडको कारोबार

आइतबार, फाल्गुन २७ २०८०

काठमाडौ-

यो साता नेप्से दुई हजार ३० दशमलव ५५ अंकमा कायम रहेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६० दशमलव २७ अंकमा कायम रहेको छ ।
यो साता नेप्सेमा तीन सय १६ वटा कम्पनीहरुको सेयर किनबेच छन् । सो अनुसार यो साता दुई लाख २५ हजार एक सय ५२ पटकको कारोबारमा तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १४ अर्ब तीन करोड ३७ लाख १७ हजार दुई सय दुई रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा एक अर्ब रुपैंयाँले बढी हो । गत साता १३ अर्ब रुपैंयाँको सेयर किनबेच भएको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेको थियो । सो मध्ये पहिलो र तेस्रो दिन घटेको नेप्से दोस्रो, चौंथो र पाँचौं दिन भने बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन आईतबार नेप्से ११ दशमलव ७८ अंकले घटेर एक हजार नौं सय ६० दशमलव ३० अंकमा झरेको थियो सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९२ अंकले घटेर तीन सय ४९ दशमलव ७३ अंकमा झरेको थियो । दोस्रो दिन नेप्से एक सय १७ दशमलव ७० अंकले बढेर दुई हजार ७८ अंकमा पुगेको थियो भने सेन्सिटिभ १९ दशमलव १४ अंकले बढेर तीन सय ६९ दशमलव २७ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ अंकमा झरेको थियो भने सेन्सिटिभ ११ दशमलव ९७ अंकले घटेर तीन सय ५७ दशमलव ३० अंकमा झरेको थियो । चौंथो दिन भने नेप्से नौं दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव शुन्य तीन अंकमा पुगेको थियो भने सेन्सिटिभ एक दशमलव शुन्य छ अंकले बढेर तीन सय ५८ दशमलव ३७ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से १३ दशमलव ५१ अंकले बढेर दुई हजार ३० दशमलव ५५ अंकमा पुगेको थियो भने सेन्सिटिभ एक दशमलव ९० अंकले बढेर तीन सय ६० दशमलव २७ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयर, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन भने सेयर कारोवार भएको संख्याको आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम (रुपैयाँमा)
पहिलो दिन ३०९ ४५४४२ ५५७४२०७ २०८२७८६०८९.०८
दोस्रो दिन २३७ ३८६३ ९३४९१९ ३७५२०९९७८.३२
तेस्रो दिन ३१६ ६९२०८ ११४६७५९९ ४११३६७६९५८.०२
चौंथो दिन ३०८ ५८९४० ९१३८१५४ ३४५०८३८३५७.२०
पाँचौं दिन ३०९ ४७६९९ ८९२९१५२ ३१९९२०५८२०.३५

आर्टिकलको लागि
पर्यावरण र मानव स्वास्थ
प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य शहरहरुमा भन्दा बढी हुने गर्दछ । कचौरा जस्तो भौगोलिक भू–बनोटले गर्दा उपत्यका भित्र जम्मा भएका वायु प्रदुषकहरुलाई हावाले सजिलै बाहिर लान सक्दैन । जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ किनभने जाडोयाममा राती र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ जसलाई तातोहावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ । यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोेयाममा प्रदूषकहरु जमीनको सतह नजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १३०० मी. देखि १३५० मी. सम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीहरुले अन्य कम उचाइ भएका ठाउँ भन्दा साधारणतयाः बढी धूवाँ फाल्ने गर्दछ । काठमाडौंको मौसमले पनि वायु प्रदूषण बढाउन सहयोग पु¥याइरहेको छ । वर्षाले हावामा भएका प्रदूषकहरु पखाल्ने गर्दछ । तर काठमाडौमा करिब तीन महिना मात्र राम्ररी पानी पर्ने हुनाले पानी नपर्ने समयमा वायु प्रदूषण बढी हुने गर्दछ ।

डिजेलबाट चल्ने सवारीसाधनहरुको धूवाँ एकदमै खतरनाक हुने गर्दछ । यो धूवाँमा मसिना धूलाका कणहरु अत्यधिक पाईन्छ र यी कणहरु मध्ये ९० प्रतिशत जति १ माईक्रोन भन्दा मसिना हुन्छन् । डिजेलको धूवाँमा यस्ता धूलाका कणहरु पेट्रोलको धूवाँको तुलनामा १०० गुणा बढी हुन्छ । यस्ता धूलाका कणहरुले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन् । सन् १९९७ मा जापानी वैज्ञानिकहरुले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरु मध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धूवाँमा पाए । काठमाडौंको परिवेष्ठित वायुको गुणस्तर अनुसार कुल सस्पेण्डेड कण र १० माइक्रोनका पार्टिकुलेट म्याटर बाहेक अरु आधारभूत प्रदूषकहरु विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड भित्र रहेका छन् (तालिका २.८१) । उपत्यकाको वायुमण्डलको कुल सस्पेण्डेड कण सम्बन्धी तथ्यांक अनुसार वर्षाको समयमा भन्दा हिउँदमा बढी प्रदूषण हुने गरेको छ । वायु प्रदूषण गराउनमा उद्योगहरुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । औद्योगिक प्रदूषण नियन्त्रण एवं व्यवस्थापन परियोजनाद्वारा सम्पन्न गरिएको औद्योगिक प्रदूषणसम्बन्धी सर्वेक्षण अनुसार वायु प्रदूषण गर्ने कुल ३,१५६ उद्योगहरुले प्रतिवर्ष ७६,४०० टन कुल सस्पेण्डेड कणहरु फयाँक्ने गर्दछन् ।

प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य शहरहरुमा भन्दा बढी हुने गर्दछ । कचौरा जस्तो भौगोलिक भू–बनोटले गर्दा उपत्यका भित्र जम्मा भएका वायु प्रदुषकहरुलाई हावाले सजिलै बाहिर लान सक्दैन । जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ किनभने जाडोयाममा राती र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ जसलाई तातोहावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ । यसलाइ वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोेयाममा प्रदूषकहरु जमीनको सतह नजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १३०० मी. देखि १३५० मी. सम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीहरुले अन्य कम उचाइ भएका ठाउँ भन्दा साधारणतयाः बढी धूवाँ फाल्ने गर्दछ ।

सरकारले आर्थिक वर्ष २०७७÷०७८ र ०७८÷०७९ मा चिसोको समयमा अत्यधिक वायु प्रदूषण बढेका कारण संकटकाल नै घोषणा गरेको थियो । संकट आएपछि मात्रै तयारी थाल्ने सरकारले संकटअघि नै जनचेतना जगाउने तथा प्रदूषण नियन्त्रणका लागि गर्नुपर्ने आवश्यक तयारी नगरेको भन्दै वातावरण क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ० देखि एक्यूआई ५० राम्रो अर्थात् ग्रिन सिग्नलले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहँदा अथवा पहेंलो संकेतले चिनिन्छ । यसैगरी १ सय १ देखि १ सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ । १ सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । यसले मुटुका बिरामीलाई बढी असर गर्ने चिकित्सक बताउँछन् । २ सय १ देखि तीन सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३ सय १ देखि ४ सयलाई खतरनाक र ४ सय १ देखि ५० लाई धेरै खतरा मानिएको छ । काठमाडौंको वायु प्रदूषण एक्यूआई १ सय ५४ पुगेकोमा अझै बढेर १ सय ५६ एक्यूआई पुगेको थियो । अर्को दिन अझ बढेर १ सय ५९ एक्यूआईमा पुगेको काठमाडौं एयर क्वालिटी इन्डेक्सको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार १ सय ५८ एक्यूआई प्रदूषणको तह र अर्को साँझ ५ बजेसम्म १ सय १९ एक्यूआई प्रदूषणको तह पुगेको थियो ।

काठमाडौंमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी छ । सन् २०१६ मा विश्व बैंकले गरेको एक अध्ययनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनको ४.७५ प्रतिशत (२.८३८ अर्ब अमेरिकी डलर) कुल गार्हस्थ उत्पादनको वायु प्रदूषणका कारण अर्थतन्त्रमा ह्रास आएको छ । नेपालमा वार्षिक २२ हजार सर्वसाधारणको वायु प्रदूषणका कारण मृत्यु भइसकेको विश्व बैंकको २०१६ को तथ्यांक छ । वायु प्रदूषणले गर्दा ३४ प्रतिशत मुटुको रोग, ३२ प्रतिशत मस्तिष्कघात, १८ प्रतिशत क्रनिक ओब्स्त्रक्तिभ पोल्मनारी डिजिज, नौ प्रतिशत फोक्सोको क्यान्सर, सात प्रतिशत अन्य रोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (सन् २०१६) को तथ्यांकले देखाएको छ । सहरी क्षेत्रमा हुने वायु गुणस्तर निर्धारणका लागि कुनै प्रभावकारी प्रणाली निर्धारण गरिएको छैन । वायु प्रदूषण गराउनुमा सवारी साधनको भूमिका ३७ प्रतिशत रहेको सरकारी तथ्यांकले देखाएको छ । वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार सवारी साधनबाट निस्कने धुलोले वायु प्रदूषण बढाएको हो । आर्थिक सर्वेक्षणका अनुसार देशभर ४० लाखको हाराहारी सवारीसाधन छन् ।

पछिल्ला दिनमा देशभर वायु प्रदूषणको कहर असाधारणरुपमा बढेको छ । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्नु आफैंमा चिन्ताजनक पक्ष हो । वायु गुणस्तर सूचकांक (एक्युआइ) मा २०९ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर बनेको छ । प्रदूषणले काठमाडौंलार्य विश्वकै सबैभन्दा प्रदूषित मानिने भारतीय राजधानी नयाँ दिल्लीलाई समेत उछिन्ने स्थितिमा पु¥याएको छ । आइतबार बिहान पनि प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्युएयर नामक संस्थाको तथ्यांकले यस्तो देखाएको हो । एकाध दिनमात्र होइन, वर्षभर हुने सरदर प्रदूषणका हिसाबले पनि राजधानी काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ । राजधानी मात्र होइन, समग्र नेपाल वायु प्रदूषणका हिसाबले विश्वमा अग्रसूचीमा रहेको छ । आइक्युएयरका अनुसार सन् २०२२ मा विश्वका १३१ देशमध्ये प्रदूषणका हिसाबले नेपाल १६ औँ स्थानमा रहेको थियो । समय समयमा लागेको बाक्लो तुवालोका कारण हवाई यातायात पूर्णरुपमा बन्द हुने गरेको छ । प्रदूषणका कारण नयाँ वर्ष मनाउन पोखरामा गरिएका होटल बुकिङ्ग रद्द भएका थिए । यसले तंग्रन लागेको पर्यटन उद्योगलाई नराम्ररी प्रभावित गर्ने गरेको छ । त्यसो त, राजधानी र पोखरामा मात्र होइन, मध्य तथा पूर्वी नेपालको तराई क्षेत्रमा पनि पछिल्ला दिन प्रदूषण ह्वात्तै बढेको छ ।
प्रष्ट छ, प्रदूषणले जनस्वास्थ्य र अर्थतन्त्रलाई प्रत्यक्षरुपमा प्रभावित गरेको छ । स्टेट अफ ग्लोबल एयर २०२० नामक प्रतिवेदनका अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारणमा सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको थियो । वायु प्रदूषणजन्य कुल मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका हुने गरेको र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका उमेर समूहका रहेको देखिएको छ । सरकारी तर्कअनुसार तराईका बारा, पर्सा, चितवनलगायतका जिल्लामा दर्जनौं स्थानमा लागेको डढेलो र कृषि अवशेष बाल्ने जस्ता प्रदूषणका स्थानीय स्रोतका कारणले देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको छ । यसैगरी घरबाहिर फोहोर जलाउने तथा यातायातका साधनले गर्ने उत्सर्जन वायु प्रदूषणका लागि प्रमुख कारण मानिन्छ ।
कुन कम्पनीको बार्षिक साधारण सभा कहिले ?

नाम किसिम स्थान मिती एजेण्डा
शिखर इन्स्योरेन्स कम्पनी १९ औं कम्पनीको कार्यालय थापाथली चैत्र ९ वित्तीय विवरण
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३७ औं नेपाल प्रज्ञा प्रतिष्ठान, कमलाद्धी चैत्र २० वित्तीय विवरण
नेशनल लघुवित्त वित्तीय संस्था १० औं धुलिखेल लज रिर्सोट, धुलिखेल चैत्र १६ लाभाँश
माउन्टेन इर्नर्जी नेपाल लिमिटेड १० औं आम्रपाली बैंकेट, भाटभटेनी, नक्साल चैत्र १३ लाभाँश

बैक तथा फाईनान्स कम्पनीहरुले कायम रहेको चुक्ता पुँजी (रकम र हजारमा)
बाँणिज्य बैक तर्फ
क्र.स बैककोे नाम चुक्ता पुंजी
१ सिद्धार्थ बैंक १४०८९९८०.१९
२ कृषि बिकास बैंक १८८८४३८६.०७
३ कुमारी बैंक २६२२५८६१.३४
४ एनआईसी एशिया बैंक ११५६४००५.३६
५ प्रभु बैंक २३५४२४९०
६ नेपाल बैंक १४६९४०२२.९२
७ ग्लोवल आईएमई बैंक ३५७७१०६०
८ लक्ष्मी सनराईज बैंक २१६७०२३८
९ सानिमा बैंक १२४६०११५.०५
१० नेपाल एसबिआई बैंक १०१२०६२८.७०
११ एनएमबी बैंक १८३६६७०६
१२ राष्ट्रिय बाँणिज्य बैंक १५६३७३७७.०५
१३ एभरेष्ट बैंक १०६९८०९४
१४ माछापुच्छे« बैंक १०२५७१५५.५८
१५ नबिल बैैंक २७०५६९९७
१६ हिमालयन बैंक २१६५६६१५.६३
१७ प्राईम कर्मसियल बैंक १९४०२५७५.७१
१८ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३४१२८५९५
१९ सिटिजन बैंक १४२००९७४
२० स्टान्र्डड चार्टड बैंक ९४२९४५४
बिकास बैक तर्फ
क्र.स बैंकको नाम चुक्ता पुंजी
१ लुम्बिनी बिकास बैंक ३३८२८२१.२८
२ कामना सेवा बिकास बैंक ३२८११६४.६६
३ नारायणी डेभलपमेन्ट बैंक २६२४६७.६०
४ कर्णाली डेभलमेन्ट बैंक ५०२८३०
५ साँग्रिला डेभलपमेन्ट बैंक ३२६७५९१.७१
६ मितेरी डेभलपमेन्ट बैंक १०१५००१.४३
७ ग्रीन डेभलपमेन्ट बैंक ५१९०००
८ ज्योति बिकास बैंक ४३९५७८५.८८
९ कर्पोरेट डेभलपमेन्ट बैंक ५२५०००
१० गरिमा बिकास बैंक ५१८७६८७.०५
११ सिन्धुु बिकास बैंक ५५७४५६.०६
१२ मुक्तिनाथ बिकास बैंक ६४२०९००.२७
१३ शाईन रेसुंगा डे. बैंक ४२८३८८३.२१
१४ महालक्ष्मी बिकास बैैंक ४१७१३१८.६०
१५ एक्सेल डेभलपमेन्ट बैंक १२४९६९०.००
१६ सप्तकोशी डेभलपमेन्ट बैंक ८३४३४०
१७ साल्पा बिकास बैंक ३५००००
फाईनान्स तर्फ
क्र.स फाईनान्सको नाम चुक्ता पुंजी
१ बेष्ट फाईनान्स ८५४८१६.७७
२ पोखरा फाईनान्स १०८२५५६.६०
३ समृद्धि फाईनान्स ८१८९११
४ रिलायन्स फाईनान्स ११२१४५२
५ प्र्रोग्रेसिभ फाईनान्स ८४८१०६
६ नेपाल फाईनान्स ७२७५४८
७ गोर्खाज फाईनान्स ८६७९९३.८०
८ श्री इन्भेष्टमेन्ट फाईनान्स ९८१६८३.२०
९ सेन्ट्रल फाईनान्स ९४८८७५.४५
१० गुह्ेश्वरी मर्चेन्ट फाईनान्स १०१२१७६
११ आईसीएफसी फाईनान्स ११८३४७०.९६
१२ मञ्जुश्री फाईनान्स १३५१५५३
१३ गुडविल फाईनान्स ९४६११५.२०
१४ मल्टिपर्पस फाईनान्स ४५२०००
१५ जानकी फाईनान्स ६९०४७२.८०
लघुबित्त बित्तीय संस्थातर्फ
क्र.स संस्थाको नाम चुक्ता पुंजी
१ फरवार्ड माईक्रो फाईनान्स ८४४४५१
२ फष्र्ट माईक्रो फाईनान्स ९६४४९२.४०
३ एनआईसी एशिया लघुबित्त १७३९४४०
४ साधना लघुबित्त संस्था ३२१२२५.५०
५ मिर्मिरे लघुुबित्त संस्था ५३१२०५.३८
६ डिप्रोक्स लघुुबित्त संस्था ११५६२४८.६१
७ समिट लघुुबित्त संस्था ४९४०००
८ आशा लघुबित्त संस्था ३३३९१४
९ श्रृजनशील लघुबित्त संस्था १०९३७५
१० राष्ट्र उत्थान लघुबित्त संस्था २६००००
११ आरएसडिसी लघुबित्त संस्था ८०५१५५.७४
१२ आरएमडिसी लघुबित्त संस्था १२४१०६६.३२
१३ ग्लोबल आईएमई लघुबित्त ५५२५८९.३३
१४ गणपती लघुबित्त बित्तीय संस्था १५१५५४.५३
१५ सिभिल लघुबित्त बित्तीय संस्था २८८१२४
१६ कालिका लघुबित्त संस्था ३१२८७५
१७ लक्ष्मी लघुबित्त संस्था ३८४०५४
१८ महुली लघुबित्त संस्था २८२१६९.४४
१९ स्वरोजगार लघुबित्त संस्था ५१४०९९.१२
२० मिथिला लघुुबित्त संस्था १७०४३७.१८
२१ आर्दश लघुबित्त संस्था २०७००
२२ सर्पोट लघुबित्त संस्था ८५८००
२३ आँधीखोला लघुबित्त संस्था १०००००
२४ सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था ७९१९८४.७९
२५ नयाँ सारथी लघुुबित्त संस्था ३०३३९५.२६
२६ ईन्फिनिटी लघुबित्त संस्था ४१४५१३
२७ स्वालम्वन लघुुबित्त संस्था ११२२१७०
२८ समता घरेलु लघुबित्त संस्था ३४२७४४.१९
२९ ग्रामिण बिकास लघुुबित्त संस्था ९८२५००
३० गुराँस लघुबित्त संस्था ९७५००
३१ नेरुडे लघुुबित्त संस्था ६०००००
३२ नेशनल माईक्रो फाईनान्स ५८६६७५
३३ आरम्भ चौतारी लघुबित्त संस्था ३६७१४३.४१
३४ छिमेक लघुबित्त संस्था २३२४१००
३५ बिजय लघुबित्त संस्था ३२००००
३६ उन्नती सहकार्य लघुुबित्त संस्था २२९०२०.६१
३७ स्वाभिमान लघुुबित्त संस्था १२१७८२.१५
३८ जीवन बिकास लघुुबित्त संस्था १०३४२८०
३९ निर्धन उत्थान लघुुबित्त संस्था २१९५०२५
४० मानुषी लघुबित्त संस्था १०९३७५
४१ सबैको लघुबित्त संस्था २७०००
४२ महिला लघुबित्त संस्था १४७५००
४३ नाडेप लघुबित्त संस्था ४८५७६०
४४ नेष्डो लघुुबित्त बित्तीय संस्था २५५०००
४५ सिवाईसी नेपाल लघुवित्त १२१६४१.८४
४६ जाल्पा लघुवित्त वित्तीय संस्था १६००००
४७ युनिक नेपाल लघुबित्त संस्था ११०६३२.५०
४८ साना किसान लघुबित्त संस्था १५६४४१३.७२
४९ सामुदायिक लघुबित्त संस्था १३२०००
५० किसान लघुबित्त संस्था ४७१३७०.५३
५१ एनएमबी लघुुबित्त संस्था ६५५८६३
५२ जनउत्थान लघुबित्त संस्था १४७९०६
५३ वीन लघुबित्त बित्तीय संस्था ७९२११
५४ मेरो माईक्रो फाईनान्स १२०००००
५५ अभियान लघुबित्त संस्था २५००००
५६ आँधिखोला लघुवित्त वित्तीय संस्था १०००००
५७ उपकार लघुबित्त संस्था ६५६२५
५८ खप्तड लघुवित्त संस्था ४००००
५९ साना किसान लघुबित्त बित्तीय संस्था १५६४४१३.७२
६० घोडीघोडा लघुबित्त बित्तीय संस्था २७६२५