मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सम्पूर्ण सुरक्षा विद्युतीय गाडीमा–ओमोडा इ फाइभले सजिलै पार गर्छ– पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग

मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौं-
विद्युतीय मोटर, विद्युतीय गाडीको मुटु हो । यस्ता गाडीका निम्तिविद्युतीय सुरक्षा नै साँचो अर्थमा सुरक्षाहो । हालै, ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभले ब्याट्री सम्बन्धि दुई वटा महत्वपूर्ण परीक्षण गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग परीक्षण गरेको छ ।

यस गाडीले तीदुवै चुनौतीपार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको छ ।
पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा इ फाइभले गाडीको अगाडीको ग्रिल सम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडीको भागको तिन चौथाई भाग छोपेको थियो । त्यसका बावजुद ओमाडा इ फाइभले पोखरीलाई स्थिर गतीमापार गर्न सफल भयो । सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी भएन, न त त्यसले कुनै पनिविद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो ।

अण्डरबडी स्क्रापिंग परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरीएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरीएको हो । यस परीक्षणमा ओमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षती पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षती पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।

ओमोडाका सवारी साधान उत्पादनको आधारभूत सिद्धान्त नै सुरक्षाहो । ओमोडा इ फाइभको वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंगमा लक्ष्यमा सन्तोषजनक प्रदर्शनले ओमोडाको अधिकतम सुरक्षाप्रदानगर्ने प्रतिबद्धताले झनै मजबूत बनाएको छ । यसले प्रयोगकर्ताको आगामि दिनको यात्रालाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै ओमाडाको सुरक्षा प्रविधिको उत्कृष्ट प्रयोगले सवारी उद्योग कै मापदण्डलाई उचाइमा पु¥याएको छ ।
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड– एसपीजी अटोमोबाइल्स प्रा.लि. ओमोडा र जेइको अटोमोबाइल को.लिमिटेडको नेपालका लागि आधिकारीक विक्रेता हो ।