शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सेयर बजारमा रेर्कड ब्रेक

एक सय १७ अंकले बढ्दा ३७ करोडको कारोबार

सोमबार, फाल्गुन २१ २०८०

नेप्सेमा रेर्कड ब्रेक भएको छ । राजनीतिक कोर्स करेक्सन संगै नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपा सहितको नयाँ सत्ता समिकरण गठन भएसंगै नेप्सेमा रेर्कड ब्रेक भएको हो । सो अनुसार अघिल्लो दिन ११ दशमलव ७८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार बजार खुलेको पहिलो तीन दिन ३० सेकेन्डमा नैं चार प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । पहिलो सर्किट ब्रेक पछि खुलेको नेप्से एक मिनेटमा नै पाँच प्रतिशतले बढेपछि पुन दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । दोस्रो सर्किट ब्रेकपछि खुलेको नेप्से पहिलो एक मिनेटमा नै पुन छ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर सोमबारको लागि निर्धारित समय भन्दा झण्डै साँढे दुई घण्टा अघि नैं नेप्से बन्द भएको छ ।

नेप्से आज आज एक सय १७ दशमलव ७० अंकले बढेर दुई हजार ७८ अंंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स १९ दशमलव ५४ अंकले बढेर तीन सय ६९ दशमलव २७ अंकमा पुगेको छ । दुई सय ३७ वटा कम्पनीहरुको तीन हजार आठ सय ६३ पटकको कारोबारमा नौं लाख ३४ हजार नौं सय १९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ३७ करोड ५२ लाख नौं हजार नौं सय ७८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६२ दशमलव ६८ अंकले बढेर ११ सय १७ दशमलव १४ अंकमा छ भने जलबिद्युत समुहको सुुचक पनि एक सय ९१ दशमलव ७४ अंकले बढेर २६ सय ३० दशमलव ७५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय १७ दशमलव ९५ अंकले बढेर १० हजार तीन सय ८६ दशमलव ४१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुुचक पनि चार सय ४८ दशमलव ७७ अंकले बढेर १० हजार छ सय ७८ दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिडी हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।