झण्डै चार अंकले घट्दा झण्डै चार अर्बको सेयर किनबेच
साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज तीन दशमलव ९४ अंकले घटेर दुई हजार ८४ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ९५ प्रतिशतले घटेर तीन सय ७९ दशमलव ४६ अंकमा पुगेको छ । तीन सय चार वटा कम्पनीहरुको ९१ हजार तीन सय ६४ पटकको कारोबारमा एक करोड १६ लाख ८९ हजार नौं सय ५५ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैंंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव २६ अंकले बढेर ११ सय ६४ दशमलव ५१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि पाँच दशमलव ९५ अंकले बढेर चार हजार ३५ दशमलव ८३ अंकमा पुगेको छ । फाईनान्स, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने शुन्य दशमलव ४१ अंकले घटेर २५ सय ९० दशमलव १८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४५ दशमलव ९० अंकले घटेर १० हजार छ सय १९ दशमलव १९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ३३ अंकले घटेर १० हजार नौं सय २० दशमलव १४ अंकमा पुगेकोमा होेटल तथा पयर्टन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।