शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा दोहोरो अंकले गिरावट, कारोबार रकम पनि घट्यो

बुधबार, माघ १० २०८०

नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पुन १० दशमलव २५ अंकले घटेर दुई हजार ८८ दशमलव शुन्य चार अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७३ अंकले घटेर तीन सय ८० दशमलव ४३ अंकमा पुगेको छ । तीन सय ११ वटा कम्पनीहरुको ९० हजार दुई सय १० पटकको कारोबारमा एक करोड १० लाख ४९ हजार नौं सय ४९ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको सेयर कारोबार हुँदा बाँणिज्य बैंक समुहको सुचक एक दशमलव १३ अंकले बढेर ११ सय ६२ दशमलव २५ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक ४० दशमलव ६२ अंंकले घटेर चार हजार २९ दशमलव ८७ अंकमा पुगेकोमा जलबिद्युब समुहको सुचक पनि ३३ दशमलव ४३ अंकले घटेर २५ सय ९० दशमलव ६० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव शुन्य पाँच अंकले घटेर १० हजार छ सय ६५ दशमलव शुन्य नौं अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव २८ अंकले घटेर १० हजार नौं सय ६७ दशमलव ४७ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तेह्थुम पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।