बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

म्याडिनसन मार्सले हात पारिन् मिस अमेरिका २०२४ को उपाधि

बुधबार, माघ ३ २०८०

एजेन्सी । मिस अमेरिका-२०२४ को उपाधि म्याडिसन मार्सले जितेकी छन्।

अमेरिकी सेनाकी सेकेण्ड लेफ्टिनेन्ट मार्स मिस अमेरिका–२०२४ को विजेता बनेकी हुन् । फ्लोरिडामा भएको स्पर्धामा उनले सो उपाधि आफ्नो पोल्टामा पार्न सफल भइन् ।

मार्स हार्वर्ड केनेडी स्कुलमा पब्लिक पोलिसी विषयकी विद्यार्थी पनि हुन् । यो उपाधि जित्ने वायु सेनामा सेवारत उनी पहिलो व्यक्ति हुन् ।

प्रतिस्पर्धामा अमेरिकाका ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियागरी ५१ जना सहभागी थिए ।