सात वटा समुहले गुमाउँदा छ वटा समुहले कमाए
नेप्से बढेको छ । आज बुधबार नेप्से नौं दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ४० अंकले बढेर तीन सय ८६ दशमलव ३३ अंकमा चढेको छ । तीन सय एक वटा कम्पनीहरुको ९२ हजार छ सय दुई पटक सेयर किनबेच भएको छ । जसबाट आज एक करोड ३४ लाख ७७ हजार नौं सय ४६ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सात वटा समुहले गुमाएका छन् भने बकाँकी समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव १९ अंकले बढेर ११ सय ८२ दशमलव ६२ अंकमा पुगेकोमा लघुवित्त, उत्पादनमुलक, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने १९ दशमलव ६३ अंकले घटेर चार हजार एक सय ३९ दशमलव ७३ अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ५९ अंकले घटेर २५ सय एक दशमलव ११ अंकमा झरेका । जीवन बीमा समुहको सुचक पनि २८ दशमलव शुन्य तीन अंकले घटेर ११ सय दशमलव ३८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १४ दशमलव तीन अंकले घटेर ११ हजार एक सय ५१ दशमलव ४७ अंकमा झरेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन र लगानी समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।