जलबिद्युत बाहेक सबै समुहको सुचक रातै
नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से २६ दशमलव ३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ अंकमा पुगेको छ भने सेन्सिटिभ छ दशमलव १६ अंकले घटेर तीन सय ७३ अंकमा पुगेको छ । तीन सय चार वटा कम्पनीहरुको ९८ हजार छ सय ३२ पटकको कारोबारमा एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आाज १३ वटा समुहहरुको कारोबार भएकोमा जलबिद्युत समुहको सुुचक २५ दशमलव १६ अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । जसमध्ये आज बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ३३ अंकले घटेर ११ सय ५४ दशमलव ७४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि दुई सय ५९ दशमलव ६८ अंकले घटेर १० हजार पाँच सय ३५ दशमलव २५ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८६ दशमलव ४० अंकले घटेर १० हजार नौं सय ४२ दशमलव ९२ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तेह्थुम पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।