आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेशनल लघुवित्तद्धारा भुकम्प पीडितहरुका लागि ५० लाख रुपैंयाँ सहयोग

बिहिबार, पुष १९ २०८०

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड वनेपा,काभ्रेपलाञ्चौकले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैया वरावरको सहयोग गरेको छ ।

मानविय सहायता अन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडीतहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो । २०८० पौष १४ गते वित्तीय संस्थाले सल्यान जिल्लाको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा ४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । बागचौर शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । त्यसैगरी २०८० पौष १५ गते रुकुम पश्चिमको आठविसकोट नगरपाकिालाई ४ लाख सहयोग गरेको छ । आठविसकोट शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ३७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । सोही दिन सदरमुक्काम स्थित मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरु २५० जनालाई ७ लाख ५६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

दुई अलग अलग कार्यक्रमका वीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी,स्थानिय जनप्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,वित्तीय संस्थाका कर्मचारीहरु,सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित दार्मा गाउंपालिकाका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) र नेशनल लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएका थिए ।

लघुवित्त विपन्न तथा गरिव समुदायमा वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उहाँहरुको भनाई थियो । नेशनल लघुवित्तले विपदमा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको वताए । यसका साथै आगामी दिनमा पनि दुर दराजमा रहेका विपन्न गरिव परिवारमा वित्तीय सेवा पुर्याउन आग्रह समेत गरे । सोही अवसरमा नेशनल लघुवित्तका सिइयो राम बहादुर यादवले मानवीय सहायतामा सधै नेशनल लघुवित्त साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिका तथा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेको थिए । दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लाथि लघुवित्त कार्यक्रको माध्यमबाट गरिवी न्यूनिकरणमा टेवा पुर्याउने सिइओ यादवले बताए ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तमा परेको सेवाग्राही सदस्यहरुलाई मानविय सहायता गदै आएको छ । हाल नेशनल लघुवित्त देशका ७२ जिल्लामा २ लाख २० हजार बढि सदस्यहरुविच वित्तीय कारोवार संचालन गरिरहेको छ ।

वित्तीय संस्थाको पूजी एक अर्ब आठ करोड, सदस्यहरुको वचत पाँच अर्ब र लगानीमा रहिरहेको कर्जा १८ अर्व बढि रहेको छ । त्यसकारण पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको साथै वित्तीय साक्षरता,सीपमुलक तालिम,सामाजिक क्रियाकलाप र दैवीप्रकोप उद्दार कार्यक्रम संचालन गदै आएको छ ।