चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए
नेप्से घटेको छ । अघिल्लो दिन २७ अंकले बढेको नेप्से आज बिहिबार आठ दशमलव ७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ अंकमा पुगेको छ । सेन्सिटिभ पनि आज पाँच दशमलव १२ अंकले घटेर तीन सय ७९ दशमलव १६ अंकमा पुगेको छ । तीन सय तीन वटा कम्पनीहरुको एक लाख आठ हजार चार सय तीन पटकको कारोबारमा एक करोड ६० लाख ५१ हजार एक सय एक कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा नौं वटा समुहको सुचक घटेपनि चार वटा समुहको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५० अंंकले घटेर ११ सय ७६ दशमलव सात अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ४८ अंकले घटेर तीन हजार नौं सय ११ दशमलव ४६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि एक सय ३७ दशमलव शुन्य आठ अंकले घटेर १० हजार सात सय ९४ दशमलव ९४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय चार दशमलव ८८ अंकले घटेर ११ हजार एक सय २९ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने ४४ दशमलव ३३ अंकले बढेर २४ सय ३० दशमलव ८६ अंकमा बढेको छ भने लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पहिलो स्थानमा परेको छ ।