बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा हरियाली

२७ अंकले बढ्दा चार अर्ब चार करोडको कारोबार

बुधबार, पुष १८ २०८०

अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा आज बुधबार भने हरियाली देखिएको छ । नेप्से आज २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ७६ अंकले बढेर तीन सय ८४ दशमलव २९ अंकमा पुगेको छ । तीन सय छ वटा कम्पनीहरुको ९६ हजार दुई सय ५२ पटकको कारोबारमा एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव २३ अंकले बढेर ११ सय ८२ दशमलव ५८ अंकमा छ भने जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव ५१ अंकले बढेर २३ सय ८६ दशमलव ५३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव ८८ अंकले बढेर १० हजार नौं सय ३२ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुुचक पनि दुई सय २१ दशमलव ४१ अंकले बढेर ११ हजार दुई सय ३४ दशमलव २१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दिव्येश्वरी हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पहिलो स्थानमा परेको छ ।