पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए
नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ८५ दशमलव शुन्य सात अंकमा पुगेको छ । तीन सय छ वटा कम्पनीहरुको एक लाख दुई हजार नौं सय पाँच पटकको कारोबारमा एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर किनबेच हुँदा पाँच वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव १५ अंकले बढेर ११ सय ९२ दशमलव १० अंकमा चढेको छ भने बिकास बैंक समुहको सुचक पनि चार दशमलव १९ अंकले बढेर तीन हजार नौं सय ५० दशमलव ७० अंकमा चढेको छ । यसैगरी लगानी, उत्पादमुलक र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।
जलबिद्युत समुहको सुचक भने ४१ दशमलव १८ अंकले घटेर २३ सय ४५ दशमलव ८२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ८० दशमलव ५४ अंकले घटेर ११ हजार एक सय ८९ दशमलव ४३ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव २५ अंकले घटेर ११ हजार तीन सय २६ दशमलव ३६ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुलुङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।