छ वटा समुहले कमाउँदा सात वटा समुहले गुमाए
नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि एक दशमलव ९३ अंकले घटेर दुई हजार ६८ दशमलव ९० अंकमा झरेको छ भने सेन्सिटिभ एक दशमलव ६२ अंकले घटेर तीन सय ८५ दशमलव ४४ अंकमा झरेको छ । तीन सय तीन वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय चार पटकको कारोबारमा एक करोड १६ लाख ५८ हजार एक सय १० कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब २९ करोड नौं लाख ३२ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा छ वटा समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये होटल तथा पर्यटन समुहको सुचक ६३ दशमलव २० अंकले बढेर पाँच हजार छ सय ८३ दशमलव शुन्य आठ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि २६ दशमलव १० अंकले बढेर ११ हजार चार सय १२ दशमलव ६१ अंकमा चढेको छचढेको छ । यसैगरी लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव शुन्य एक अंकले घटेर ११ सय ९१ दशमलव ९४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि छ दशमलव ७१ अंकले घटेर २३ सय ८७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव १० अंकले घटेर ११ हजार तीन सय ६९ दशमलव ९८ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, लघुवित्त र ट्रेडिङ्ग समुहको सुुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भिजन लुम्बिनी ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।