शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल बैंक घोटाला प्रकरण: तत्कालीन प्रबन्धक कोइरालालाई ६ वर्ष कैद सजाय

बुधबार, पुष ११ २०८०

काठमाडौँ – नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले प्रशासनलाई जानकारी दिए ।

साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय हुने प्रवक्ता कार्कीले बताए।

आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो ।