शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१७ अंकले घट्यो नेप्से,

दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

बुधबार, पुष ११ २०८०

नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से १७ दशमलव २३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ अंकमा झरेको छ भने सेन्सिटिभ चार दशमलव २५ अंकले घटेर तीन सय ८७ दशमलव सात अंकमा पुगेको छ । तीन सय सात वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ७६ वटा कम्पनीहरुको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये निर्जीवन बीमा समुहको सुचक एक सय ३१ दशमलव शुन्य तीन अंकले बढेर ११ हजार तीन सय ८६ दशमलव ५० अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने १० दशमलव ६९ अंंकले घटेर ११ सय ९७ दशमलव ९६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव ६८ अंकले घटेर २३ सय ९३ दशमलव ७१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २६ दशमलव ४९ अंकले घटेर ११ हजार चार सय १२ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड परेको छ ।