बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से घट्यो,कारोबार रकम भने बढ्यो

आइतबार, पुष ८ २०८०

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव शुन्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शुन्य सात अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ३३ अंकमा पुगेको छ । तीन सय नौं वटा कम्पनीहरुको एक लाख २८ हजार तीन सय ५६ पटकको कारोबारमा एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता सेयर किनबेच भएकोमा आज कारोबार रकम सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा चार वटा समुहहरुले कमाएका छन् भने बाँकी समुहहरुले गुमाएका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक दुई दशमलव १० अंकले बढेर २३ सय ९४ दशमलव ४० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६० दशमलव १७ अंकले बढेर ११ हजार पाँच सय ३८ दशमलव ५७ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा र अन्य समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १९ अंकले घटेर १२ सय आठ दशमलव ६५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुुचक पनि ५६ दशमलव २६ अंकले घटेर तीन हजार नौं सय ९१ दशमलव ५६ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ३० दशमलव शुन्य तीन अंकले घटेर १७ सय ९१ दशमलव ८८ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचकहरु पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो सथानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ज्योति बिकास बैंक ऋणपत्र २०८७ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।