शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेको उच्च बृद्धिदर कायम नैं

३५ अंकले बढ्दा सात अर्बको सेयर किनबेच

बुधबार, पुष ४ २०८०

काठमाडौं- साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ४६ अंकले बढेको नेप्से आज पुन ३५ दशमलव ३९ अंकले बढेर २१ सय ४१ दशमलव ८७ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ९३ अंकले बढेर चार सय दुई दशमलव ६३ अंकमा पुगेको छ । तीन सय छ वटा कम्पनीहरुको एक लाख ११ हजार सात सय २३ पटकको कारोबारमा एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता सेयर किनबेच हुँदा आज कुल सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ रुपैंयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुुँदा दुई वटा समुहले गुमाएका छन् भने बाँकी समुहहरुले कमाएका छन् । ति मध्ये निर्जीवन बीमा समुहको सुचक १० दशमलव १४ अंकले घटेर ११ हजार दुई सय ७४ दशमलव ६४ अंकमा पुगेको छ भने होटल तथा पर्यटन समुहको सुचक पनि घटेको छ । बाँणिज्य बैक समुहको सुचक भने आज सात दशमलव ७७ अंकले बढेर १२ सय ५१ दशमलव १० अंकमा चढेको छ भने जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव १४ अंंकले बढेर २४ सय दशमलव २३ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३१ दशमलव ५३ अंकले बढेर ११ हजार आठ सय सात दशमलव ४६ अंकमा चढेकोमा बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोर्टलस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी धनबृद्धि योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट लिमिटेड परेको छ ।