बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले नेप्सेमा उछाल

एकै पटक एक सय ११ अंकले बढेपछि दिनभरको लागि कारोबार बन्द

आइतबार, मंसिर २४ २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले नेप्सेमा उछाल आएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेसंगै यसको सकारात्मक प्रभाव आईतबारको नेप्सेमा देखिएको हो ।

नेप्से आज कारोबार खुल्ला भएको पहिलो डेड घण्टामा नैं छ प्रतिशतले बढेपछि आज दिनभरीको लागि कारोबार बन्द भएको छ । आव नेप्से एक सय ११ दशमलव २० अंकले बढेर १९ सय ६३ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ छ दशमलव नौं प्रतिशत अर्थात २१ दशमलव ४६ प्रतिशतले बढेर तीन सय ७३ दशमलव ७५ अंकमा पुगेको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नेप्से चार प्रतिशतले बढेमा २० मिनेटको लागि, दुई घण्टामा पाँच प्रतिशतले बढे ४० मिनेटेको लागि र छ प्रतिशतले बढे त्यो दिन पुरैको लागि कारोबार बन्द हुने व्यवस्था रहेको छ ।

आईतबार भने सोही व्यवस्था अनुसार कारोबार खुलेको पहिलो नौं मिनेटमा नैै नेप्से उच्च अंकले बढेको छ । सोही आधारमा कारोबार खुलेको डेड घण्टामा नैं नेप्से बन्द भएको छ । आज नेप्सेमा दुई सय ४४ वटा कम्पनीहरुको ७० हजार १४ पटकको कारोबारमा १३ लाख ६७ हजार छ सय १५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४८ करोड २८ लाख ८२ हजार दुई सय ३९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक ६४ दशमलव ८० अंकले बढेर १२ सय पाँच दशमलव २२ अंकमा पुगेको छ जलबिद्युत समुहको सुचक एक सय ६९ दशमलव ४० अंकले बढेर २१ सय ३१ दशमलव ६५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पाँच सय ५३ दशमलव ३५ अंकले बढेर १० हजार नौ सय ८६ दशमलव ३७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पाँच सय २७ दशमलव ५४ अंकले बढेर १० हजार छ सय १५ दशमलव ९५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज माउन्टेन इर्नर्जी नेपाल लिमिटेड परेको छ ।