शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दुई दिनमै ३२०० रुपैयाँले घट्यो सुनको भाउ

बुधबार, मंसिर २० २०८०

काठमाडौं । पछिल्लो समय उच्च रेकर्ड बनाएको सुनको भाउ ओरालो लाग्न थालेको छ । मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो ।

यस्तै बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।