सात अंकले घट्दा ९६ करोड ४० लाखको सेयर कारोबार
काठमाडौं- साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । नेप्से आज सात दशमलव २९ अंकले घटेर १८ सय ५१ दशमलव २३ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ६५ अंकले घटेर तीन सय ५४ दशमलव ४३ अंकमा पुगेको छ । दुई सय ९३ वटा कम्पनीहरुको ३६ हजार नौं सय ७७ पटकको कारोबारमा ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ९६ करोड ४० लाख १० हजार चार सय ३१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा लघुवित्त समुहको सुचक दुई दशमलव १९ अंकले बढेर पनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ६२ अंकले घटेर ११ सय ४४ दशमलव ४१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ९५ अंकले घटेर १९ सय ५७ दशमलव ७४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २५ दशमलव ७७ अंकले घटेर १० हजार एक सय ८२ दशमलव ६६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव शुन्य चार अंकले घटेर नौं हजार आठ सय आठ दशमलव ८५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन इर्नर्जी हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।